नियम १९८
फा“टवारी दिनु स्थानीय निकायको कर्तव्य हुने
यस नियमावली बमोजिम सम्बन्धित निकाय वा कार्यालयमा लेखा तथा आर्थिक विवरण पेश गर्नु र स्थानीय विकास मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय तथा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले माग गरे बमोजिम आवधिक लेखा विवरण र वैदेशिक सहायताको रकम भए सोको विवरण समेत पेश गर्नु अधिकार प्राप्त अधिकारीको कर्तव्य हुनेछ । त्यस्तो
विवरण मनासिव माफिकको कारण विना तोकिएको समयमा नपठाउने अधिकार प्राप्त अधिकारी उपर प्रचलित कानून बमोजिम सजाय गर्न सकिनेछ ।